नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असोज ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य १००० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ८०० रहेकोमा बिहीबार रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै एक हजार २०० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार १८५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।