नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । दैलेख, नौमुले गाउँपालिका-२ चम्लाए बस्ने ४० वर्षीय इन्द्र बहादुर नेपाली सोही गाउँपालिका-१ स्थित लोहोरे खोलाको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी दैलेख, महावु गाउँपालिका-३ बस्ने ४८ वर्षीय कृष्ण कुमार बुढा र सोही ठाउँ बस्ने ४३ वर्षीय लिला थापा भैरवी गाउँपालिका-१ थामघाट खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता सुनसरी, दुहबी नगरपालिका-११ तनमुना बस्ने २३ वर्षीया अञ्जना कुमारी उराव सोही ठाउँस्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्रस्थित कोशी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बझाङ, जयपृथ्बी नगरपालिका-७ पानीकाफल सामुदायिक बनमा हाल नाम, थर, वतन नखुलेको पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

