स्ट्रबेरीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने उद्देश्यले ककनीमा एक क्लब दर्ता गरिने

ककनीमा मुख्य उत्पादन स्ट्रबेरीलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने उद्देश्यले किवानिस क्लब अफ ककनी स्ट्रबेरी नामक संस्था दर्ता गर्ने अभिप्रायले हालै एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार सम्पन्न पहिलो अन्तरक्रिया कार्यक्रममा ककनी गाउँपालिकाका मेयर सुमन तामाङ, ककनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तिलकबहादुर लामालगायत स्थानीयाहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा ककनीमा उत्पादित स्ट्रबेरीलाई अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न एक क्लब दर्ता गरी सोही क्लबका मध्यमबाट ककनीको लोकप्रिय उत्पादनलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन मद्दत पुग्ने कुरामा एकमत देखिएको थियो । ककनी स्ट्रबेरी फर्मका संचालक छेसांङ तामाङले क्लबको माध्यमबाट ककनीको प्रोडक्ट स्ट्रबेरीलाई अन्तर्राष्ट्रिय जगत्सम्म चिनाउन सहज हुने बताए ।



किवानिस क्लब अफ काठमाडौँ नेपालले आयोजना गरेको कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्ट्रबेरीका पातको माला लगाइएको थियो ।उक्त कार्यक्रममा ककनी गाउँपालिका वडा नं. २ मा रहेको श्री सूर्य प्राविका विद्यार्थीहरुलाई स्टेसनरी सामानहरु पनि वितरण गरिएको थियो ।

 

सम्बन्धित समाचार