नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
नेपालमा आज (आइतबार) सुनको मूल्य १००० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेकोमा शुक्रबार रु ९२ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० रहेकामा शुक्रबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा ३० रुपैयाँ घट्दै एक हजार १७० मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २०० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।