मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ पशुपति शव दाह गृह नजिक हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै स्याङ्जा, गल्याङ नगरपालिका-६ बेसारे बस्ने ६९ वर्षीय हिमान सिंह गुरुङ सोही नगरपालिका-६ घलामबाट पार्टीखर्क जाने कच्ची बाटोबाट ४ सय मिटर तल खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् । पार्टीखर्कस्थित छोराको ससुरालीमा भोज गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोल्सामा शव फेला परेको हो ।



यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-८ मुनिबाबाको कुटीको शौचालयमा महोत्तरी सुगाभवानी घर भई हाल जनकपुर उपमहानगरपालिका-१३ रत्नचोक डेरा गरी बस्ने ४५ वर्षीय मिथलेश लाल कायस्थ मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता चितवन, भरतपुर महानगरपालिका-२९ देबटार बस्ने ६० वर्षीय ईन्द्र प्रसाद गुरुङ सोही ठाउँस्थित जंगलको झाडीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । घर नजिकै जंगलमा बाख्रा चराउन गएका उनी घर नफर्किए पश्चात खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

यसैगरी जुम्ला, चन्दननाथ नगरपालिका-५ कार्की बाडा बस्ने २८ वर्षीय जीवन कार्की सोही नगरपालिका तलिबाडा बस्ने धनमान सिंह कठायतको घरमा गएराति मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० टिसिएन रोडस्थित निर्माणाधिन घरको भर्‍याङमुनि हाल नाम, थर वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता सिरहा, सिरहा नगरपालिका-२० लकडिगदियानी बस्ने ४५ वर्षीय मंगल यादव सोही ठाउँस्थित सार्वजनिक पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार