नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असोज ।
रसियामा बन्दुकधारीले एक विद्यालयमा गरेको आक्रमणमा परी ११ जना बालबालिकासहित कम्तिमा १७ जनाको मृत्यु भएको छ । मारिनेमा सोही विद्यालयमा पढाउने २ जना शिक्षक समेत रहेका छन् ।
आक्रमणमा परि २४ जना घाइते भएका छन् । घाइते हुनेमा सबै बालबालिका रहेको पुष्टि भएको छ । बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा सो हताहती भएको हो । घटनापछि बन्दुकधारीले आत्महत्या गरेका छन् । विद्यालयका कक्षाकोठाहरुका भित्ताहरुमा रगत नै रगत भएको समाचारमा उल्लेख छ ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी विद्यालयमा भएको आक्रमणलाई ‘अमानवीय’ भन्दै कडारूपमा निन्दा गरेका छन् । रसियामा तीन दिन राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।
यो पनि पढ्नुस :