नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।
नेपालमा आज (बुधबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० रहेकोमा मंगलबार रु ९१ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० रहेकामा मंगलबार प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने मंगलबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार १४५ मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार १५० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।