नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
सावित्री कंचनजंगा अगरबत्तीको प्रमुख सहयोगमा श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले हालै आफ्नो पहिलो शक्ति दर्शन स्मारिकाको विमोचन गरेको छ । उक्त स्मारिका विमोचन कार्यक्रम पूर्व उपसभामुख तथा पूर्व शिक्षा मन्त्री चित्रलेखा यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद् एउटा परोपकारी तथा गैर नाफामूलक सामाजिक संस्था हो । यस संस्थाले पशुपतिनाथ मन्दिर क्षेत्रमा हिन्दू धर्मको संरक्षण तथा धर्म प्रचार प्रसार गर्नुका साथै पशुपतिनाथ क्षेत्रलाई धार्मिक तिर्थाटनको माध्यमबाट धार्मिक पर्यटनको विकास गर्ने लक्ष्य राखेको छ ।
परिषद्ले विगत १५ वर्षदेखि हरेक वर्ष वडा दशैंको अवसरमा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म बृहत् रूपमा दुर्गा पूजाको आयोजना गर्दै नवरात्रि महोत्सव मनाउदै आइरहेको छ ।