नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-१९ चक्रबहील इतानी गल्ली डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यता सुर्खेत, गुर्भाकोट नगरपालिका-११ आपसोतीस्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सुनसरी, रामधुनी नगरपालिका-१ मिठ्ठिचोक नजिक सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-८ पशुपति राममन्दिर नजिक हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यता मोरङ, रतुवामाई नगरपालिका-७ बस्ने ५० वर्षीय नन्दलाल ताजपुरिया सुनवर्षी नगरपालिका-३ धिकरियास्थित सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रामेछाप, उमाकुण्ड गाउँपालिका-२ राङ्दास्थित लिखु खोलाको बीच भागमा हाल नाम, थर, वतन नखुलेका पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

