नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।

लाल मोहम्मदको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौंको गोठाटारमा मोहम्मदको गोली हानेर हत्या गरिएको थियो ।
प्रहरी उच्च स्रोतले सो घटनामा संलग्न भएको आशंकामा ३ जना पक्राउ परेको पुष्टि गरेको हो । आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
गत असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेर भागेका थिए । ।

