चितवनको सौराहामा पनि सिभिल बैंकको एटिएम

सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटिएम संचालनमा ल्याएको जनाएको छ । उक्त एटिएमको समुद्घाटन संयुक्त रुपमा रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईले गरेका छन् ।

उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईलगायत सो क्षेत्रका उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तिहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको उक्त एटिएम मार्फत आफुलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्नेछन् ।



करिव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरुमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले देशका विभिन्न १०२ ठाउँहरुमा एटिएम स्थापित गरी संचालनमा ल्याएको छ । साथै बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्वभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्वभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

सम्बन्धित समाचार