नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । शनिबार दिउँसो कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा पारी मृत्यु हुनेमा कपिलवस्तु तौलिहवाका २६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित पासी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।
सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको हो । दुर्घटनामा घाइते भएका ८ जनाको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

