जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । ललितपुर, महालक्ष्मी नगरपालिका-९ लामाटारस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय सुदिप श्रेष्ठ लगायत ६ जना रहेका छन् । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय ५० रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार