चन्द्रागिरिमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँको चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि गएराति आएको पहिरोमा परी चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भइ हाल ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथी रहेको चन्द्रागिरि २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।



पहिरोमा पुरिएकाहरुको शव निकालिएको र शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार