नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा २ जना फेला परेका छन् । पाल्पा, निस्दी गाउँपालिका-३ भलुवागाउँ बस्ने २१ वर्षीय वीरेन्द्र सोमई सोही गाउँपालिका-४ काफलखोलास्थित झर्ल्याङ्दी खोलामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-९ इटहरी अस्पतालको गेट अगाडि हाल नाम, थर, वतन नखुलेको करिब ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

