नक्कली नोट सहित पक्राउ

बारामा नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । बारा, सिम्रौनगढ नगरपालिका-५ कनकपुरबाट १ हजार दरको ८ सय ९५ थान नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ हुनेमा भारत मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजित कुमार मुखिया रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार रंजितलाई जाँच गर्ने क्रममा ९ वटा गड्डीमा रहेको उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार