नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।
नेपाली बजारमा आज मंगलबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ रहेको थियो ।
दसैं विदापछि पहिलोपटक आइतबार खुलेको सुनचाँदी बजारमा एकैपटक ३ हजार रुपैयाँ प्रतितोलाले मूल्य बढेको थियो । त्यसयता भने लगातार दुई दिन मूल्य घटेको छ ।
यसैगरी, चाँदीको मूल्यसमेत आज प्रतितोला १५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।