नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।

लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहेका कृष्णप्रसाद धिताल (विजय) ले गोरखा क्षेत्र नं १ को ‘क’ बाट प्रदेशसभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रमा सक्रिय राजनीतिमा रहेका धितालको सबै वर्गका मतदातासँग राम्रो भएको बुझिएको छ । उनी जिल्लाका मिलनसार र शालीन व्यक्तित्वको रूपमा समेत परिचित छन् ।
आफ्नो उम्मेदवारीसँगै अब आउने चुनावको परिणामबाट जनताले दिएको मत र विश्वासलाई आत्मासात् गरी गोरखालाई मोडलका रूपमा विकास गराउन धिताल प्रतिबद्धता व्यक्त गर्दछन् । उनले जिल्लामा अधुरा रहेका बाटो, पुल, खानेपानी, पर्यटन, स्वास्थ्य, शिक्षाजस्ता जनाताको आधारभुत आवश्यकतालाई प्राथमिकताका साथ पूरा गर्ने पनि वचन दिएका छन् ।

