महङ्गा मोबाइललगायतका चार प्रकारका वस्तुमाथिको प्रतिबन्ध कायमै

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले महङ्गा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

चार प्रकारका वस्तुको पैठारीमा लगाइएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस सम्बन्धी सूचना शुक्रबारको राजपत्रमा प्रकाशित भएको छ ।



विदेशी मुद्राको सञ्चितिमाथिको दबाव कायमै रहेको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको रायपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धलाई मंसिर मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो ।

यस निर्णयपछि विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल तथा जीप, कार र भ्यानको आयातको प्रतिबन्ध २९ मंसिरसम्म कायम रहनेछ ।

सम्बन्धित समाचार