नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असोज ।

यस वर्षको मनसुन नेपालबाट बाहिरिने चरणमा पुगेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । नेपालको मनसुनी वायु कमजोर भएकोले अब महाशाखाले औपचारिक रूपमा मनसुन बाहिएको घोषणा गर्न मात्र बाँकी रहेको पनि जनाइएको छ ।
सामान्यतः अक्टोबरको पहिलो साताबाट नेपालबाट मनसुन बाहिरिने गरेको भए पनि यस वर्ष करिब दुई साता लम्बिएको छ ।
शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले अनुमान गरेको ।

