नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असोज ।
आज (आइतबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य गत हप्ताको तुलनामा घटेको छ । आज सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको मूल््य पनि घटेको छ । शुक्रबार प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।