नवकान्तिपुर संवाददाता
काठमाडौं, १ कार्तिक ।
स्पेनिस क्लब रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले बालोन डी ओर अवार्ड जितेका छन् । सन् २०२२ को उत्कृष्ट खेलाडी बन्दै फ्रान्सेली फरवार्ड बेन्जिमाले बालोन डी ओर अवार्ड जितेका हुन् ।
फ्रान्सको पेरिसमा भएको कार्यक्रममा बेन्जिमाले साडियो माने र केभिन डि ब्रुईनलाई पछि पार्दै अवार्ड जिते । रियल मड्रिडलाई २०२१–२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन मुख्य भूमिका खेलेका बेन्जिमाले ४६ खेलमा ४४ गोल गरेका थिए । उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् ।
बेन्जिमा सन् १९९८ मा जिनेदिन जिदानपछि प्रतिष्ठित अवार्ड जित्ने पहिलो फ्रान्सेली खेलाडी बनेका छन् । त्यसैगरी बार्यन म्युनिखका साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए । त्यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले हात पारिन् भने इङ्ल्याण्डलाई युरो कप जिताउन मुख्य भूमिका खेलेकी आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो भइन् । यस्तै म्यानचेस्टर सिटीले क्लब अफ दि इयरको अवार्ड जित्यो ।
यसअघि अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले ६ पटक बालोन डी ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीपछि रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।