नवकान्तिपुर संवाददाता
काठमाडौं, १ कार्तिक ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याराथनमा पुरुषतर्फ अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा गण्डकी प्रदेशलाई स्वर्ण दिलाएका छन् । पोखरामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भएको खेलमा अनिश विजयी भएका हुन् ।
अनिशले म्याराथनको ४२.१९५ किलोमिटर दूरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरी च्याम्पियन बने । भारतीय सेनामा कार्यरत उनी पर्वत जिल्लाका हुन् । यसैगरी विभागीय नेपाली सेनाका कृष्ण बस्नेतले र घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पार गरी रजत पदक जित्दा सशस्त्र बल एपिएफका सन्तोष विक्रम विष्टले र घन्टा ३० मिनेट ५४ मिनेटमा निर्धारित दूरी पार गरी कास्य पदक हात पारे ।
पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथन पोखराको विभिन्न स्थानहरुको परिक्रमापछि पुनः रङ्गशालामै आएर टुङ्गिएको हो । म्याराथन दौडमा १८ जना सहभागी थिए ।