सिन्धुपाल्चोकको नेपाल-चीन सीमा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक जिल्लाको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा केन्द्रबिन्दु ​भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा पनि महसुस भएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका थिए ।



यो गोरखा भूकम्पको परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

 

सम्बन्धित समाचार