नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कार्तिक ।

धनुषाबाट स्रोत नखुलेको नगद सहित २ जना पक्राउ परेका छन् । धनुषा सबैला नगरपालिका-१२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरूवा नगरपालिका-२ बस्ने २७ वर्षीय बजरंग प्रसाद गुप्ता सहित २ जना रहेका छन् । उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१-०२-०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।

