मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । बझाङ, मष्टा गाउँपालिका-१ पुरीगाँउ बस्ने ४२ वर्षीय लाल पुरी सोही ठाउँस्थित डुङरी खोला किनारामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बजारस्थित रारा होटलबाट सोही नगरपालिका- १८ बस्ने २९ वर्षीय किसन साउद बुधबार मृत अवस्थामा फेला परेका छन् । यता दाङ, घोराही उपमहानगरपालिका-१९ घर भई सोही उपमहानगरपालिका-१३ स्यार बनगाउँ बस्ने २२ वर्षीय मान सिंह घर्तीमगर सोही ठाउँस्थित कुवाभित्र बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै मुस्ताङ, साङ गाउँपालिका-२ लार्जुङस्थित कालीगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार