आयरल्यान्ड सुपर १२ मा प्रवेश

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा आयरल्यान्ड विजयी भएको छ । शुक्रबार भएको पहिलो राउण्डको खेलमा आयरल्यान्डले दुई पल्टको च्याम्पियन वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको हो ।

आयरल्यान्ड सुपर १२ मा प्रवेश



जितसँगै आयरल्यान्ड सुपर १२ मा प्रवेश गरेको छ भने वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिएको छ । अष्ट्रेलियाको होबर्टमा टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ब्रान्डन किंगले अविजित रहँदै ६२ रनको अर्धशतकीय पारी खेले भने जोनसन चार्ल्सले २४ रन बनाए । त्यस्तै ओडेन स्मिथ १९ रनमा अविजित रहँदा एविन लुईस र कप्तान निकोलस पुरनले समान १३-१३ रन जोडे । आयरल्यान्डका लागि गारेथ डेलनीले ३ विकेट लिए ।

आयरल्यान्ड सुपर १२ मा प्रवेश

१४७ रनको लक्ष्य लिएर मैदान उत्रेको आयरल्यान्डले १७.३ ओभरमा एक विकेट गुमाउँदै १५० रन बनायो । आयरल्यान्डको लागि पल स्टर्लिङ अविजित रहँदै ६५ रनको अर्धशतकीय पारी खेले भने लर्कन टुकर ४७ रनमा नटआउट रहे । यस्तै कप्ता एन्डी बालब्रिनीले ३७ रनको योगदान गरे । वेस्ट इन्डिजका लागि अकेल होसेनले १ विकेट लिए । आजै समूह ‘बी’ को दोस्रो तथा प्रारम्भिक चरणको अन्तिम खेलमा जिम्बावे र स्कटल्यान्ड भिड्दै छन् । जसमा विजयी हुने टोली सुपर १२ मा प्रवेश गर्नेछ ।

आयरल्यान्ड सुपर १२ मा प्रवेश

समूह ‘ए’ बाट नेदरल्यान्ड्स र श्रीलंका सुपर १२ मा प्रवेश गरिसकेका छन् । १६ राष्ट्र सहभागी विश्वकपमा १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् भने समूह ‘बी’ मा वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड र स्कटल्याण्ड रहेका छन् । शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ को समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता रहनेछन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ‘ए’ को उपविजेता हुनेछन् ।

आयरल्यान्ड सुपर १२ मा प्रवेश

 

 

 

सम्बन्धित समाचार