नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कार्तिक ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै, पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ । हाल प्रदेश १ र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

