जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा, मेचीनगर नगरपालिका- ७ घर भएका सोही ठाउँस्थि टि गार्डेनको गार्डको रुपमा काम गर्ने ५४ वर्षीय नन्द प्रसाद पौडेल रहेका छन् । पौडेलले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार