नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कार्तिक ।
इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी छिन् । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उहाँले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गरेकी हुन् ।
उनले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा शपथ लिएकी थिइन् । उनलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण गरेका थिए । सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी त्यसअघि गभर्नर थिए । उनी केही समयदेखि कामचलाउ प्रधानमन्त्रीका रुपमा रहेका थिए ।
मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उनलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री दाग्रीले आग्रह गरेका हुन् ।
उनले हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाएका छन् र अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गरेकी छन्। उनले आइतबार टेलिभिजनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याह रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राखिन्।