नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ कार्तिक ।

धनुषाबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । धनुषा जनकपुर उपमहानगरपालिका-२१ कुर्थाबाट स्रोत नखुलेको नगद ३८ लाख ५० हजार रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ हुनेमा महोत्तरी भंगहा नगरपालिका-१ बस्ने २१ वर्षीय सुवम राज चौवे रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट अवैध रूपमा रकम नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको साथबाट १ हजार दरको २९ बण्डल र ५ सय दरको १९ बण्डल गरी जम्मा ३८ लाख ५० हजार रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषा पठाइएको छ ।

