मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । ओखलढुङगा, खिजिदेम्बा गाउँपालिका-६ हाते बस्ने ३४ वर्षीय छिरीङ शेर्पा आफ्नै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै तेह्रथुम, फेदाप गाउँपालिका-५ ईसिबु बस्ने ५० वर्षीय दिप बहादुर कार्की सोही ठाउँस्थित बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रे, बनेपा नगरपालिका-१० पुन्यमाता खोलाको छेउमा हाल नाम, थर, वतन, नखुलेका करिब ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।



त्यस्तै धनुषा, शहिदनगर नगरपालिका-६ हठिपुरस्थित कमला सिचाईको नहरमा हाल नाम, थर, वतन, नखुलका करिब ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार