मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ घाइते

पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । आइतबार बिहान ४ बजे मनकामना दर्शन गर्न जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको र २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–१ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जा गल्याङ नगरपालिका–९ बेलचौरकी फूलमाया माझी रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकरी दिए ।



घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

 

सम्बन्धित समाचार