नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । काठमाडौं, टोखा नगरपालिका-८ बानियाँटार गैरीगाउँ डेरा गरी बस्ने काभ्रे घर भएका २५ वर्षीय पासाङ लामा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौं, शंखरापुर नगरपालिका-५ खोरियास्थित खोल्सामा सोही नगरपालिका पालुबारी बस्ने ७५ वर्षीय माईला परियार सोमबार मृत अवस्थामा फेला परेका छन् । यता ताप्लेजुङ, पाथीभरा याङवरक गाउँपालिका-२ बस्ने ५४ वर्षीया मिना लिम्बु सोही ठाउँस्थित काबेली नदिको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । आइतबार दिउँसोदेखी हराएकी उनको प्रहरी चौकी थेचम्बुबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्न क्रममा उनको शव फेला पारेको हो ।
त्यस्तै सिरहा, लहान नगरपालिका-२२ पटेर्वास्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-४ गोपाल धर्मशालाको बाहिरी कम्पाउण्डको छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता कास्की, पोखरा महानगरपालिका-३१ लेखनाथ बसपार्क नजिकै माछापोखरीमा सोही ठाउँ बस्ने ६० वर्षीय खरसुब्बा गुरुङ सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी बाँके, वैजनाथ गाउँपालिका-१ गाबर बस्ने ४५ वर्षीय तुल्सी रावत सोही ठाउँस्थित मुलपानी छहरे खोलामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । आइतबार देखि हराएका उनको इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला पारेको हो ।
यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-१ कैदलेस्थित कोशी नदिको किनारामा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी रामेछाप, खाँडादेवी गाउँपालिका-१ खैरेनी पुलस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देविनगरस्थित चुलो फ्याक्ट्रीमा विगत ४ वर्षदेखि लेबर काम गरी बस्ने भारत रायवन्दली घर भएका १९ वर्षीय लवकुमार सिहराजकुत सोही फ्याक्ट्रीको बन्द कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेका छन् । यता रामेछाप, खाँडादेबी गाउँपालिका-१ चापाबोट बस्ने ६० वर्षीय भोला श्रेष्ठ सोही ठाउँस्थित कुसुमको बोट भन्ने स्थानमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै पाँचथर, फाल्गुनन्द गाउँपालिका-७ हेलाङ बस्ने ६३ वर्षीया बाल कुमारी नेम्वाङ सोही ठाउँस्थित हेलाङ खोल्सामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी दैलेख, गुराँस गाउँपालिका-६ रानीवन बस्ने ६७ वर्षीय दल बहादुर पुन आफ्नै घर नजिकै खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

