नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ कार्तिक ।
नेपालमा आज (बुधबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ६०० रहेकोमा मंगलबार रु ९३ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० रहेकामा मंगलबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको तुलनामा १० रुपैयाँले बढ्दै एक हजार २२५ मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २१५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।