नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ कार्तिक ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार २०० रहेकोमा बुधबार रु ९३ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ७०० रहेकामा बुधबार प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको तुलनामा १० रुपैयाँले घट्दै एक हजार २१५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।