मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । मोरङ, मिक्लाजुङ्ग गाउँपालिका-१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै मकवानपुर, भिमफेदी गाउँपालिका-८ कोगटेस्थित दोभान खोलाको ढुंगाको काप्चामा इन्द्रसरोबर गाउँपालिका-३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ सोमबार मृत अवस्थामा फेला परेका छन् । यता सुनसरी, इटहरी उपमहानगरपालिका-९ विराटनगर लाईनस्थित सोही उपमहानगरपालिका-८ बस्ने ४५ वर्षीय कपिल हरिजन सोमबार मृत अबस्थामा फेला परेका छन् ।



यस्तै तनहुँ, देवघाट गाउँपालिका-२ जरम बस्ने ८० वर्षीय चन्द्र बहादुर थापा आफ्नै घर पछाडी रहेको भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहानको खाना खाई घर नजिक रहेको बारीमा जान्छु भनी गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

त्यसैगरी काठमाडौं, टोखा नगरपालिका-८ बानियाँटार पुल नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी गोरखा, आरुघाट गाउँपालिका-१ साब्चेत सामुदायिक वन र दोरत सामुदायिक वनको सिमानाको जंगलको तीन खापे ढुङ्गाको कप्चेरोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता सुनसरी, धरान उपमहानगरपालिका-१८ सुन्दर बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार