मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । रूकुम पश्चिम, मुसीकोट नगरपालिका-४ स्थित मुरली होटलमा सोही ठाउँ बस्ने ५२ वर्षीय भिम बहादुर वलि मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै बारा, निजगढ नगरपालिका-९ भमरा नदीकट्टास्थित जङगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता रुपन्देही, मायादेवी गाउँपालिका-२ तिलौरीस्थित खेतको कुलोको डिलमा सियारी गाउँपालिका-४ सिसनिया बस्ने ४६ वर्षीय चुलही अहिर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यसैगरी रुपन्देही, ओमसतिया गाउँपालिका-२ पडसरी बस्ने ३५ वर्षीया चन्द्रिका थारु सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रौतहट, माधवनारायण नगरपालिका-१ दिपही बस्ने २० वर्षीया सुगान्धी महत्तो आफ्नै सुत्ने कोठाको खाटमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार