बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

बाजुरा जिल्लाको काँडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (बिहीबार) बिहान ५ बजेर १३ मिनेट जाँदाबाजुरा जिल्लाको काँडा क्षेत्र आसपास केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरा छेडेदह गाउँपालिका अन्तर्गत काँडा क्षेत्र आसपास केन्द्रबिन्दु ​भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का सुदूरपश्चिम नेपालका बाजुरा लगायत विभिन्न जिल्लामा महसुस गरिएको थियो ।



यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा छ जनाको मृत्यु भएको थियो भने एक दर्जन व्यक्ति घाइते भएका थिए । यो गोरखा भूकम्पको परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

सम्बन्धित समाचार