मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सुर्खेत, बराहताल गाउँपालिका-२ पाग्मा बस्ने ५० वर्षीय देबी चन्द्र कार्की आफ्नै घरको बरण्डामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै बाग्लुङ, बाग्लुङ नगरपालिका-१३ ठाउँनेबौरास्थित कालीगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् । यता सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-११ लुमासा बस्ने ३९ वर्षीय बाल कुमार भुजेल आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै कैलाली, गोदावरी नगरपालिका-१० सिउडी कटान बस्ने ५० वर्षीय सगराम लुहार सोही ठाउँ सालघारीस्थित कुवामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी हुम्ला, खार्पुनाथ गाउँपालिका-५ दुर्पा गोरसिहं ऐडीको घरमा बास बसेका सिमकोट गाउँपालिका-३ बरगाउँ बस्ने ४२ वर्षीय थान्जुक लामा सोही घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बर्दिया, राजापुर नगरपालिका-१ चनौरास्थित कर्णाली नदीको किनारमा गेरुवा गाउँपालिका-२ बनघुस्रा बस्ने ६३ वर्षीय मकैया थारु शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार