मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । ओखलढुङगा, खिजिदेम्बा गाउँपालिका-६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका-६ स्थित थारे भीरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

खिजिदेम्बा गाउँपालिका-६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको हो । त्यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-३ गोलपार्कस्थित सडक छेउको नालीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै झापा, कन्काई नगरपालिका-२ धनुषकोटी पिक्निक स्पोर्टको गेट अगाडि फलाईचामा हाल नाम, थर,वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, मेचीनगर नगरपालिका-५ घैलाडुब्बास्थित पुलमुनी खोलामा बुद्धशान्ती गाउँपालिका-५ बस्ने ४५ वर्षीय होम बहादुर पोख्रेल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१४ बिपि चोकस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार