नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।
अन्तत: कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल हेर्न नेपाली दर्शकले अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ। बुधबार नेपालमा प्रत्यक्ष प्रशारणको बाटो सर्वोच्च अदालतको आदेशले खुला गरिदिएको हो ।
सर्वोच्चको यस्तो आदेशसँगै अब नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । विश्वकप नि:शुल्क देखाउनु पर्ने मागसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन भएको हो ।
बुधबार अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमाथि प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले अन्तरिम अल्पकालीन आदेश खारेज गर्ने निर्णय गरेको हो । यसअघि दुई अधिवक्ताले सूचना विभागबाट अनुमति लिएर प्रत्यक्ष प्रशारणको कोड आयात गरेको र यस्तो प्रत्यक्ष प्रशारण हेर्ने या नहेर्ने कुरा ऐच्छिक भएको भन्दै दायर गरेको रिटमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गत कात्तिक २२ गते प्रत्यक्ष प्रसारणको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने बुधबार दिइएको आदेशमा उल्लेख गरिएको छ ।
यस्तो छ आदेश :