बागबजारको बाटोमा पार्किङ गर्न निषेध

काठमाडौं महानगरपालिकाले बागबजारको बाटोलाई पार्किङ निषेध घोषणा गरेको छ । उक्त आदेश नमान्ने वा जानकारी नपाएर पार्किङ गरेका मोटरसाइकललाई महानगरको टोलीले उठाएर ट्रकमा हालेर लाने गरेको छ ।

काठमाडौं महानगरलाई व्यवस्थित गर्न महानगरले गरेको यस कार्यलाई नराम्रो मान्न नसकिए पनि विकल्प नदिइकनै छोटो सूचनाका आधारमा पार्किङ गरेर राखेका सवारी साधनहरू उठाउनु न्यायोचित नभएको स्थानीयहरू बताउँछन् ।



‘पार्किङका लागि अर्को उपयुक्त विकल्प नभएकोले यस बाटोमा ग्राहकहरूले सवारी साधन पार्किङ गर्न नपाउने हो भने यस क्षेत्रको व्यापारमा ठूलो असर पर्न सक्छ’ टेलरिङ व्यवसायी असोक श्रेष्ठले गुनासो गरे ।

बागबजारको पूर्व पश्चिम बाटोसँगै घर जोडिएका एक घरधनीले भने– ‘वर्षौंदेखि यसरी नै चल्दै आएकोले विकल्प खोजिएन । घरअगाडि (बाटोमा) पार्किङ गर्न नपाउने हो भने सवारी साधन कहाँ व्यवस्थापन गर्ने ? छतमा लग्न सकिँदैन ।’

सम्बन्धित समाचार