नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-४ फुर्के सामुदायिक वन उपभोक्ता समुह मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिएका सर्लाही हरिपुरुवा नगरपालिका-६ घर भई हाल सोलुखुम्बु नेचासल्यान गाउँपालिका-५ स्थित आयुर्बेदिक अस्पतालमा कार्यरत ५६ वर्षीय बिल्टु राय सोही मतदान केन्द्रको कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मकवानपुर, भिमफेदी गाउँपालिका-८ इपास्थित गंगटे जंगलको खोल्सामा हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने २४ वर्षीय कृष्ण मोक्तान शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता बारा, कलैया उपमहानगरपालिका-१७ ब्रहमपुरी टोलस्थित नालामा अन्दाजी ९ महिनाको जस्तो देखिने छोरी जातको शिशुको शव शुक्रबार फेला परेको छ ।
यस्तै पर्सा, वीरगंज महानगरपालिका-१३ तराई अस्पताल नजिक भारत रक्सौल मोतिहारी बस्ने २५ वर्षीय बिकी कुमार साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित राई निर्माण प्रा.लि. फर्निचर उद्योगमा बिगत २ महिनादेखि कामदारको रुपमा काम गर्दै आएका मोरङ विराटनगर घर बताउने ३५ वर्षीय राज भुजेल सोही उद्योगमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यता प्युठान, स्वर्गद्धारी नगरपालिका-७ तापाकोट बस्ने ५० वर्षीय दिर्घ बहादुर पुन सोही ठाउँस्थित रातोपहरो जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

