नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१९ भुनपुरे बस्ने ५९ वर्षीय रामु परियार आफ्नै घर नजिकै खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार साँझ घरबाट हिँडेका उनी घर नफर्केपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
त्यस्तै कपिलवस्तु, महाराजगंज नगरपालिका-११ प्रभातनगरस्थित वेल नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४८ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, कैलारी गाउँपालिका-१ डम्मरा बस्ने ७९ वर्षीया रामदुलारी डगौरा सोही ठाउँस्थित कटनी नदीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट बाहिर निस्केकी उनी अबेरसम्म घरमा नआएपछि खोजी गर्ने क्रममा उक्त कटनी नदीमा शव फेला परेको हो ।
यस्तै नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१३ देउडी बस्ने ७१ वर्षीय दिर्घनारायण थनेत सोही नगरपालिका-१५ स्थित माछा पोखरीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार दिउँसो घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो ।
त्यसैगरी डोटी, जोरायल गाउँपालिका-३ तोडेगडा बस्ने ६१ वर्षीय हिरा लाल ओली सोही गाउँपालिका-३ सेरी बरबरा खेतस्थित बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी ललितपुर, गोदावरी नगरपालिका-११ प्याङगाउँ बस्ने सुमन महर्जनको घरभित्र सोही ठाउँ बस्ने ३१ वर्षीय दिपेश देसार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता रूपन्देही, रोहीणी गाउँपालिका-१ सेमरपानीस्थित दशगजा नजिकै खेतमा भारत उत्तर प्रदेश महाराजगंज शास्त्रीनगर बस्ने ६० वर्षीय अमृत सहानी शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

