नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

दोलखामा प्रहरीले गोली चलाएको छ । दोलखाको जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थलमा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो ।
झडपमा परी एक जना प्रहरी घाइते भएका छन् । विवादको स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले बताएको छ । दुवै दलका कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।
अहिले मतदानस्थलमा नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

