बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ९ जना घाइते

बैतडीमा जिप दुर्घटना भएको छ । प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान रमेश साउद, प्रहरी जवान लोकबहादुर बाठा मगर र जवान झिर्कबहादुर विष्ट छन् ।



दुर्घटनामा घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज ल्याईएको छ । बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ । बैतडीको पाटन स्थित स्थानीय मेडिकलमा ५ जनाको उपचार हुँदै छ । सो जिपमा १३ जना सवार थिए ।

मतपेटिका पुर्‍याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ ।

सम्बन्धित समाचार