यस्तो रहनेछ आजको मौसम

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका तराई भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लागेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) देशभर मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।



तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार