नुवाकोटमा गठबन्धनको शानदार जित

काठमाडौंसँग सीमाजोडिएको नुवाकोट जिल्लामा गठबन्धन दलको शानदार जित भएको छ । प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार गरी छ क्षेत्र भएको नुवाकोटमा गठबन्धन दलका नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले ३–३ सिटमा जित हासिल गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं.१ बाट माओवादी केन्द्रका हितबहादुर तामाङ तथा क्षेत्र नं. २ बाट नेपाली काङ्ग्रेसका चर्चित नेता अर्जुननरसिंह केसीले सफलता हासिल गरेका छन् ।



त्यस्तै प्रदेशसभा सदस्यमा क्षेत्र नं. १(क) बाट माओवादी केन्द्रकी राधिका तामाङ र १(ख) बाट नेपाली काङ्ग्रेसका रमेशकुमार महत विजय भएका छन् भने क्षेत्र नं. २(क) बाट माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना तथा २(ख) बाट नेपाली काङ्ग्रेसका बहादुरसिंह लामा (तामाङ) विजय भएका छन् ।

सम्बन्धित समाचार