इन्गेजमेन्ट टुटेपछि आफैंलाई आगो लगाएकी पुष्पाको मृत्यु

केटापक्षले इन्गेजमेन्ट तोडेपछि विक्षिप्त रहेकी दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ ।

नुवाकोट घर भएपनि हाल न्यौपानेको परिवार काठमाडौंको बुद्धनगर बस्दै आएका थिए । पुष्पाको काठमाडौं महानगरपालिका-४ धुम्बाराही घर भएका सुधन सङ्ग्रौलासँग गत भदौमा इन्गेजमेन्ट भएको थियो । तर केटापक्षले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्‍ट तोडेपछि पुष्पा गत आइतबार साँझ सवा ७ बजे केटा(सुधन सङ्ग्रौला)को घर अगाडी गएर पेट्रोल छर्केर आफैंलाई आगो लगाएकी थिइन् ।



पेट्रोल छर्केर आत्महत्या गर्न लागेकी पुष्पालाई प्रहरीले उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । तर शिक्षण अस्पतालले उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो ।

आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले सुधनलाई पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार